Sunday, January 17, 2016

जनकपुरमा मोर्चाले आन्दोलन सशक्त बनायो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार आन्दोलनलाई थप सशक्त बनाएका छन् । बिहीबार मोर्चाका दुई नेताको मोटरसाईकलमा आगजनी गरिएपछि मोर्चा कार्यकर्ताले बिहानैदेखि उग्र पदर्शन गरेका छन् ।
उनीहरुले स्कूल कलेज र औषधी वाहेकका सम्पूर्ण पसल तथा व्यापारिक प्रतिष्ठानहरु बन्द गराएका छन् । यसअघि निर्विवाद रुपमा चल्दै आएको विद्युतीय रिक्सा संचालनमा समेत रोक लगाइएको छ ।
स्थानीय केही व्यापारीले आन्दोलनको प्रतिकार गर्दै मोर्चा नेताको मोटरसाईकल जनाएपछि नेताहरुको मोर्चाको बैठकले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको थियो ।
आगजनीको घटनामा संलग्न रहेको आरोपमा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिजयकुमार साहसंगै व्यावसायीहरु आन्ान्द झा, पंकज जैन र संतोष साहलाई 'मधेस विरोधी' घोषणा गरेको छ । उनिहरुको पसलमा तालाबन्दी गर्नुका साथै सट्टरमा आपत्तीजनक शब्दावली समेत लेखिएको थियो ।
आफूसहित अन्य व्यावसायीहरुको पसलमा तालाबन्दी गर्नुलाई जउवासंघका वरीष्ठ उपाध्यक्ष विजयकुमार साहले 'मानवअधिकारको हनन' भन्दै दुःख व्यक्त गरेका छन् । कान्तिपुरसंगको भेंटमा उनले भने-'कसैको पसलमा तालाबन्दी गर्नु मानवअधिकारको गंभीर उलंघन हो । तालाबन्दी तुरुन्त खोल्नु पर्दछ ।' मोटरसाइकल तोडफोडको घटनामा आफ्नो संलग्नता नरहेको दावी पनि उनले गरे ।
जनकपुर उद्योग वाणिज्य सघका अध्यक्ष शिवशंकर साह हीराले मोर्चाका नेताहरुको मोटरसाइकल तोडफोडमा व्यापारीहरुको संलग्नता नरहेको प्रतिक्रृया दिए । उनले भने-' आन्दोलन भाड्न काँग्रेस एमालेका घुसपैठियाहरुले मोटरसाइकल जलाएका हुन सक्छन् ।' समस्या समाधान बारे छलफल गर्न शनिवार जउवासंघले बृहद् बैठक बोलाएको साहले बताए ।
निजी विद्यालयहरुमा शुक्रवारदेखि संचालित अर्द्धवाषिर्क परीक्षा मोर्चाको अवरोधका कारण संचालन हुन सकेन ।



http://bit.ly/1kRTGJ2

No comments:

Post a Comment