Wednesday, January 20, 2016

मनाङमा हिमपात जारी

मुगु सदरमुकाम गमगढीस्थित कालीका मालिका मन्दिर क्षेत्रमा परेको हिउँ । लामो खडेरीका कारण चिन्तित भएका किसान हिउँ परेपछि खुसी भएका छन् । तस्वीर: कविराज कार्की/अनलाइनखबरमाघ ६, २०७२- हिमाली जिल्ला मनाङमा हिमपात भइरहेको छ । १३ गाविस रहेको मनाङको तल्लो क्षेत्र मानव ३ गाविसको मानववस्तीमा बाहेक प्रायः सवै ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् ।
मंगलबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको स्थानीयवासिन्दाले बताएका छन् । सदरमुकाम चामेदेखि माथिल्लो क्षेत्रका मानववस्ती, सडक तथा बाटोमा २ देखि ३ फिटसम्म हिउँ जमेको निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताए ।
उनका अनुसार चामेदेखि माथिल्लो क्षेत्रमा हिमपातका कारण सवारी साधन गुड्न सकेका छैनन् । मानिसको आवतजावत पनि रोकिएको छ । तल्लो क्षेत्र कोतो र थानचोक क्षेत्रमा हिउँमा फसेका ४ वटा जीपलाई प्रहरीले झिकेर गन्तब्यमा पठाएको छ । केही जीप अझै फसेका छन् । लमजुङ सदरमुकाम बेसीशहरबाट गएको गाडी मनाङको तल्लो क्षेत्र दानाक्युमा रोकिएका छन् । मानिसहरु हिँड्न बाध्य छन् ।
माथिल्लो मनाङ गाउँमा पनि हिमपात जारी छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) मनाङका निमित्त प्रमुख कैलाश तिवारीका अनुसार करीब १ फिटसम्म हिउँ जमेको छ । मौसम बदली भइरहेको छ । 'हिमपातका कारण पर्यटक सुरक्षित ठाउँमा बसोबास गरिरहेका छन् । माथि -थोराङ्ला पास) गएका छैनन् ।' हिमपातका कारण मोवाइल फोनमा समस्या छ ।


http://bit.ly/1KqxIno

No comments:

Post a Comment