Wednesday, January 20, 2016

वार्ता सुस्ताएसँगै मधेसमा निराशा

माघ ६, २०७२- प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता सहमति नजिक पुगेका बेला जस्तो आशा जागेको थियो, टाढा हुँदा त्योभन्दा बढी निराशा छाएको छ । आन्दोलन र बन्दका कारण मधेसमा हजारौंको रोजगारी गुमेको छ । करोडौं नोक्सान भएको छ ।
व्यापार व्यवसाय धरासायी बनेका छन् । वार्ता सहमतिनजिक हुँदा ५ महिनाभन्दा बढी लामो बन्दको अन्त्य हुने आसमा बसेका सर्वसाधारण दूरी बढेपछि निराश बने । वार्ता नमिल्दा मधेसका सहरमा प्रदर्शनसमेत भए ।
वीरगन्ज रानीघाट निवासी मनोज कुर्मीले निर्णायक भनिएको वार्ता अवरुद्धपछि निराशा व्यक्त गरे । ‘निकास आउला भनेको फेरि अवरुद्ध भयो,’ उनले भने, ‘अन्योलता झन् बढेको छ ।’ महिनांै आन्दोलन हुँदा मधेसमा समस्या बढ्दै गएकोप्रति त्यहाँका स्थानीय चिन्तित छन् ।
पछिल्ला केही दिनदेखि सामान्य वीरगन्ज मंगलबार बिहान मधेसी मोर्चाको सहरका विभिन्न भागमा टायर बालेर प्रदर्शन गरी सरकारमाथि दबाब सिर्जना गरेका छन् । विगत केही दिनयता जारी मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको आर्थिक नगरी वीरगन्जको जनजीवन सहज बन्दै गएको थियो ।
निजी विद्यालयका बस, लामो तथा छोटो दूरीका यात्रु तथा मालवाहक गाडीसमेत चल्न थालेका थिए । ५ महिनाभन्दा लामो आन्दोलनलाई निकास दिने वार्ता निष्कर्षमा नटुंगिँदा जनतामा फेरि निराशा फैलिएको छ । अधिकारविहीन कार्यदलसँग वार्ता नगर्ने भन्दै मोर्चाले ३ दलसँग वार्ता गरी साझा अवधारणा बनाउन मधेसी मोर्चाले कार्यदल विघटन गरेको छ । योसँगै सहमति निकट पुगे पनि पुन: अवरोध आएको छ ।
मधेसी मोर्चा नेताहरू भने आन्दोलन चर्काउने चेतावनी दिन थालेका छन् । ‘यही अवस्थामा कुनै पनि हालतमा आन्दोलन रोक्दैनौं,’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टेलिफोनमा भने, ‘अब आन्दोलन कडा पार्छौं ।’ ‘मोर्चाको बटमलाइन भनेको प्रदेशको सीमांकन हेरफेर हो,’ यादवले भने, ‘यदि प्रमुख तीन दल यो विषयमा सहमति गर्न तयार भए मोर्चा तयार छ ।’
उनले शीर्ष तहको वार्ताले निष्कर्ष निकाल्नेमा समेत आशंका व्यक्त गरे । ‘शीर्षस्तरमा पनि तत्काल सहमति हुन सक्ने सम्भावना देखिँदैन,’ उनले भने, ‘अब फेरि कडा आन्दोलनमा जानुको विकल्प छैन ।’ दुई–चार दिनमै बस्ने मोर्चा बैठकले आन्दोलनको समीक्षा गर्दै नयाँ कार्यक्रम घोषणा गर्ने उनले बताए ।
 मोर्चाका तर्फबाट कार्यदल सदस्यसमेत रहेका तराई मधेस सद्भावना पार्टी वरिष्ठ नेता रामनरेश रायले कार्यदलस्तरमा उठाएका ती विषयमध्ये धेरैमा सहमति भएको बताए । उनी भन्छन्, ‘सहमति भइसकेको विषयमा पनि सरकारी पक्ष भागेकाले पुन: आन्दोलनमा फर्किन बाध्य बनाएको छ ।’
‘अब कुरा मिल्यो भने आश्चर्य हुनेछ,’ सद्भावना महासचिव मनीषकुमार सुमनले भने, ‘माघ ८ पछि मोर्चाले पुन: आन्दोलनलाई कडा रूपमा अघि बढाउँछ ।’ कार्यदलस्तरमा सहमति भइसकेको विषयमा पनि मुख्य तीन दलको शीर्ष नेतृत्व र त्यसमा पनि एमाले सहमत नहुँदा वार्ताको वातावरण बिग्रिएर आफूहरूलाई पुन: आन्दोलनमा फर्कन बाध्य पारिएको तराई मधेस लोकतान्त्रिक पार्टी महामन्त्री सर्वेन्द्रनाथ शुक्लले बताए ।
पाँच महिनादेखि जारी आन्दोलनको सुरुवाती चरण मोर्चा नेताले यसपालि मधेसका सबै माग नगदमा पूरा गराउने भन्दै जनता सडकमा उतारेका थिए । नगद उपलब्धि नहोउन्जेलसम्म आन्दोलन जारी रहने मोर्चाले बताउँदै आएको छ ।
राजनीतिक विश्लेषकका अनुसार सीमांकनबाहेक अन्य मागमा मोटामोटी सहमति बनिसक्दा पनि त्यही नगदको प्रचारबाजीले आन्दोलन अवतरणमा सकस भएको हो ।
नेताहरूमा आज बोल्दा भोलि के असर गर्छ, भन्ने विचार नगर्दा आन्दोलन अवतरणमा सकस भएको बुझिएको छ । ३ दलका शीर्षस्थ नेताले जिल्ला त के एक इन्च जमिन पनि नदिने जस्ता अभिव्यक्तिले पनि माहोल बिगारेको राजनीतिक जानकार बताउँछन् ।
महतो आशावादी
मधेस आन्दोलन सुरु भएयता चर्को भाषण दिएर चर्चामा रहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले कार्यदल स्तरमा वार्ता नटुंगिए पनि शीर्षस्तरमा सफल हुन सक्नेमा आशावादी देखिएका छन् ।
मंगलबार राजधानीमा मोर्चाले पत्रकार सम्मेलन गरी कार्यदल स्तरमा वार्ता समाप्त भएको बताएलगत्तै सिरहाको लहान पुगेका महतोले कान्तिपुरसित टेलिफोनमा भने, ‘कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेता पार्टीभन्दा माथि उठेर समस्या समाधानमा इमानदारिता देखाए समस्या समाधान हुन्छ ।’ कार्यदल गठन नै समय खेर फाल्नका लागि भएको महतोको भनाइ थियो ।
उनले भने, ‘मैले पहिला पनि भनेको थिएँ, कार्यदल समय वर्वाद गर्नेमात्र हो त्यही भयो, वार्ताको अन्तिम निकास त शीर्ष तहमै हुन्छ नि ?’ एकअर्काको दोष लगाएर होइन, इमानदार भएर वार्तामा बसे चाँडै सहमति हुने महतोले बताए । ‘मलाई उम्मिद छ मुख्य दलका शीर्ष नेता जसरी संविधान बनाउँदा पार्टीभन्दा माथि उठे त्यसरी नै मधेस आन्दोलन सम्बोधन गर्न लाग्नुपर

No comments:

Post a Comment