Sunday, January 17, 2016

काठमाडौं अाइपुगे महतो

तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौं आइपुगेका छन् ।
विराटनगर–जोगवनी नाकामा धर्ना बस्न गएका बेला प्रहरीको लाठी लागी घाइते भएपछि तीन साता अघि उनी उपचारको लागि दिल्ली गएका थिए । विराटनगर र धरानमा उपचारपछि उनी थप उपचारको लागि दिल्ली पुगेका हुन् ।
दिल्लीमा उपचारपछि उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुषमा स्वराज, विपक्षी कांग्रेस आई नेता राहुल गान्धीसहितका नेताहरुसँग भेटघाट गरेका थिए ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको माग सम्बोधन हुन्छ भन्दै फोन गरेर बोलाएपछि काठमाडौं आएको बताए ।

उनलाई प्रधानमन्त्री ओलीले केहीदिन अघि फोन गरेर वार्ताको लागि काठमाडौं आउन आग्रह गरेका थिए ।
मोर्चाको माग सम्बोधनको लागि बनाइएको तीन दल–मोर्चा सम्मिलित कार्यदल सहमति नजिक पुगेका बेला महतो काठमाडौं आइपुगेका हुन् ।
महतो बिमानस्थलबाट बाहिरिने क्रममा गेट छेउमा बसेका युवा संघका कार्यकर्ताहरुले उनलाई कालो झण्डा देखाएका थिए ।


http://bit.ly/1n43PUv

No comments:

Post a Comment